Calender May 28, 2012
Page Visited
Total Page Visits: 721

हे बुद्ध

Literature

उहिलेका, सढेगलेका खुइलेका

घमण्डी, पाखण्डी, शिखण्डी 

अत्याचारी, दुराचारी, भ्रस्टाचारी;

 

देश  बेच्ने, खोलानाला, जंगल बेच्ने

मिल्यो भने स्वास्नी र छोरा छोरी नै बेच्ने;

 

बिदेशीको दासी बनि तलुवा पनि चाट्ने 

सत्ता-भत्ता संग  टाउको र नाकै साट्ने;

 

पायो भने तिमीलाई त  बेच्छन 

हामीलाई कहाँ बाँकि राख्छन ;

 

सक्छौ भने यिनको खप्परबाट 

लादी झिकी गिदी भरिदेउ 

नत्र यिनलाई ठिक  पार्ने  कुनै जुक्ति देउ 

त्यो पनि सक्दैनौ भने, please हामीलाई मुक्ति देउ... 

Share on:

Related Posts

View All